जसले त्यागे प्रेम पाउन जमिनदारी

काठमाडौं, फागुन २ । जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे।

धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे। ०३१-३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो। तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो।

जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन्। जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए। हात्ती पाल्थे। घरमा सयौं नोकरचाकर हुन्थे। यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो। सात खुन माफ थियो जमिनदारका लागि। कानुन उनीहरूकै मुठीमा थियो।

सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो। उनले आफ्नै घरमा काम गर्न आउने एकजना गरिब मुस्लिम युवतीलाई प्रेम गरे। र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए। घरबाट निकालिए। फुटपाथमा पुगे। जिन्दगीभर अभाव झेले। त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेको छ।

माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी एक्लै धुम्धुम्ती बसिरहेका थिए। भर्खरै नबाज पढेर सकाएका थिए। गोजीमा राखेका थिए सेतो टोपी। खरानी रङको खास्टो गम्लङ्ङ ओडेका थिए। सेतै फुलेको थियो कपाल। माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा।

पटक-पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम-इतिहास खोल्न चाहेनन्। आफ्नै छोराको अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो। सायद छोराले कुरा बुझे, बाहिरिए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा राजु स्याङ्तानले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =