शिवरात्रीको प्रसाद भनेर गाँजा बेच्ने ३९ जना पक्राउ
२०७४ जेठ १५ गते

“काठमाडौं, फागुन १ । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई जना बाबाहरु समेत रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । पोखरेलका अनुसार पक्राउ परेकाहरुलाई प्रहरी वृत, गौशालामा राखिएको छ । यसैबीच, प्रहरीले तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ । त्यसमा मध्येमा १ सय ५० जना सादा पोशाकका महिला प्रहरी समेत छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








