बाघको आक्रमणबाट बालकको मृत्यु

काठमाडौं, फागुन १ । भक्तपुरमा बाघको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षीय शिरीष तामाङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुलबाटोबाट माथि घना जङ्गलमा बाघले खाइरहेको अवस्थामा राती ११ बजे नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले बालकको शव फेला पारेको थियो ।

उनी भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फर्किएको अवस्थामा बाघले आक्रमण गरेको अनुमान गरिएको छ ।

प्रहरीले बालकको शवको जाँच मुचुल्का कार्य समाप्त गरि पोष्टमार्टमका लागी भक्तपुर अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =