भारतमा भूकम्पको धक्का महसुस
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन १ । भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ ।
भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।
अण्डमानलाई केन्द्रविन्दु बनाएर यस पहिले गत जनवरी १४ मा पनि ४।८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








