जनयुद्ध दिवसका अवसरमा माओवादीद्धारा रक्तदान

धरान, फागुन १ । नेकपा माओवादी केन्द्र, धरान उपमहानगरपालिका समितिले २३औँ जनयुद्ध दिवसका अवसरमा धरानको भानुचौक लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । माओवादी केन्द्रका नेता कार्यकताहरुको सहभागीता तथा पुर्व गृह,शान्ती तथा उर्जा मन्त्री जर्नादन शर्मा(प्रभाकर)को प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा १ सय जना भन्दा बढिले रक्तदान गरेको माओवादी केन्द्र धरानका नगर ईन्चार्ज फोक्सोहाङ लिम्बु (चोत्लुङ)ले जानकारी दिए ।

विभिन्न दुर्घटनामा परेका घाइते तथा सुत्केरी महिलाहरुलाई समेत रगत अभाव हुने गरेकोले आफूहरुले कार्यक्रम आयोजना गरेको माओवादी केन्द्र धरानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =