दाङको तुलसीपुरमा एमाले विजयी

तुलसीपुर (दाङ), २२ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यसैगरी, उपप्रमुख पदमा एमालेका मायाँ आचार्य २१ हजार ३६ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गर्नुभएको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभएको छ ।

कुल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *