हिमपातले डोल्पाको जनजीवन प्रभावित 

डोल्पा, फागुन १ । हिमपातका कारणे डोल्पाको जनजीवन प्रभावित भएको छ । जिल्लाको दुई नगरपालीका र ६ गाउँपालिका हिमपातका कारण प्रभावित भएको हो । हिमपातले डोल्पाका ठुलीभेरी नगरपालीका, त्रिपुरासुन्दरी नगरपालीका, मुड्केचुला गाउँपालीका, जगदुल्ला गाउँपालीका, काईके गाउँपालिका , शेफोक्सुन्डो गाउँपालिका , डोल्पो बुद्ध गाउँपालिका , छार्का तागँसोगँ गाउँपालिका हिमपातका कारण प्रभावित भएका छन् ।

उपल्लो डोल्पाका विभिन्न ठाउँहरुमा ३ फुट सम्मा हिउ परेको स्थानिय बासिन्दा छेवान तेन्जीगँ गुरुङ्गले जानकारी दिनुभयो । मध्य र तल्लो डोल्पाका विभिन्न ठाउँहरुमा १ फिट हिउ जमेको छ । हिमपातले डोल्पा जिल्लाका किसानहरु भने खुसी भएका छन् । फागुन पहिलो साता देखि कृर्षकहरु खेतबारीमा बाली लगाउने समय भएकोले कृषक खुसी भएका हुन । डोल्पा जिल्लामा यो समयमा विशेष गरी स्याउका विरुवाहरु रोप्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =