ओली-प्रचण्ड छलफलः यस्तो भयो सहमति
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनपछि मात्र पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने भएको छ । पार्टी एकताभन्दा पनि सरकार गठनकै गृहकार्यमा बढी लाग्नुपर्ने भएकाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकार गठन गरेर मात्र पार्टी एकताको पक्रिया अगाडि बढाउने तयारीमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सरकार गठनअघि नै पार्टी एकताको खाका सार्वजनिक गर्नुपर्ने अडानमा छन् ।
ओली र प्रचण्डबीच धेरैपटक छलफल भए पनि अध्यक्ष पदमा कुरा मिल्न नसकेको खबर छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








