सल्यानमा क्षयरोगको प्रभावकारी मेशिन जीन एक्स पर्ट सञ्चालनमा

सल्यान, माघ २९ । जिल्ला अस्पताल सल्यानमा पहिलो पटक जीन एक्स पर्ट मेशिन सञ्चालनमा आएको छ । बि एन एम टि नेपालको सहयोग र ब्यवस्थापनमा राष्ट्रिय क्षयरोग केन्द्रले जिल्ला स्वास्थ्य कार्यालय सल्यानमा मेसिन सञ्चालनमा ल्याएको हो । मेसिनको पुर्व सामान्यमन्त्री तथा प्रतिनिधि सभा सल्यानका सदस्य टेक बहादुर बस्नेतले एक कार्यक्रमका बिच आइतबार उद्घाटन गरे ।

क्षयरोगका अति शंकास्पद र पिडीत बिरामीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले जिल्लामा पहिलो पटक मेसिन सञ्चालमा आएको हो । मेसिन सञ्चालनमा आएपछि सल्यान जिल्ला लाई मात्र नभएर छिमेकि जिल्ला रोल्पा, रुकुम, जाजरकोट लगायतका जनता समेत लाभान्वित हुनेछन् ।

मेसिन सञ्चालन भए सँगै क्षयरोग (टि.वी.) का बिरामीहरुलाई समयमै रोगको निदान गर्न सहयोग पुग्ने बताईएको छ । जीन एक्स पर्ट मेशिनले टिभि रोगका बिरामलाई औषधीले कतिको प्रभाव पार्यो, किटाणुहरु कतिको सक्रिय या निस्क्रीय भएका छन् भनेर पत्ता लगाउनमा समेत सहयोग पुग्ने बि एन एम टि नेपालका कार्यक्रम संयोजक गंगाराम बुढाथोकीले बताए ।

उनले गाउँघरमा लुकेका क्षयरोगका बिरामी धेरै रहेको र यस्ता बिरामीहरुलाई सेवा दिनु पर्छ भन्ने उदेश्यले जीन एक्स पर्ट मेशिन सञ्चालनमा ल्याइएको बुढाथोकीले वताए । बुढाथोकीकै पहलमा सल्यानमा उक्त मेशिन आएको हो । बि एन एम टि नेपालले बिगत ५० बर्ष देखि स्वास्थ्य क्षेत्रमा काम गदै आईरहेको छ ।

क्षयरोग धेरै पुरानो रोग भए पनि अझै सम्म समस्याको रुपमा देखा परेको राष्ट्रिय क्षयरोग केन्द्रका प्रयोगशाला प्रमुख गोर्कण घिमेरेले बताए । उनले धेरै मात्रामा किटाणु भए पनि एक्स पर्ट मेशिनले सहयोग गर्ने बताए । जीन एक्स पर्ट मेशिनले परिक्षण गरेको दुई घन्टामै रोग पत्ता लाग्ने र प्रभावकारी हुने घिमेरेले बताए ।

नेपालमा बर्षेनी ४४ हजार क्षयरोगका बिरामी देखा पर्ने गरेका छन । सल्यान जिल्लामा यो वर्ष हाल सम्म ६६ जना क्षयरोगको बिरामीहरुले उपचार लिईरहेका छन् । जस मध्ये २७ जना खकार पोजेटिभ, १३ जना खकार नेगेटिभ र २६ जना फोक्सोमा लाग्ने बिरामीहरुले उपचार गराईरहेको क्षयरोग कुष्ठरोग अधिकृत लक्ष्मन केसीले बताए । गत साल २ सय जना क्षयरोगका बिरामीहरु पत्ता लागेका थिए । जस मध्ये ९४ जना खकार पोजेटिभ, ३७ जना खकार नेगेटिभ र अन्य ६९ जनामा क्षयरोग पाईको केसीले बताए । ८९ प्रतिशत उपचारमा सफलता मिलेको थियो ।

जिल्लामा अहिले क्षयरोगका बिरामीको उपचार सल्यान जिल्लाका विभिन्न स्वास्थ्य सस्थाहरुबाट भईरहेको केसीले बताए । क्षयरोगका बिरामीहरुले बेलैमा उपचार गरी नियमित रुपमा औषधी खाएमा रोग निको हुने उनले बताए । (सरिता चलाउने, सल्लेरी खबर)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =