भारतमा सडक दुर्घटनामा परी पाँचको मृत्यु

“नयाँदिल्ली, माघ २९ । भारतको उत्तराखण्ड राज्यमा एउटा सवारी साधन बाटोबाट तल खस्दा भएको दुर्घटनामा परी कम्तीमा पाँचको मृत्यु भएको छ ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार घटनामा परी अन्य पाँचजना घाइते भएका छन् । प्रान्तीय राजधानी सोमबार देहरादुनबाट १५० किलोमिटर टाढा पर्ने पहाडी जिल्ला उत्तरकाशीमा दुर्घटना भएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानकाअनुसार चालकले नियन्त्रण गुमाएर सवारी साधन दुर्घटना भएको पाइएको छ, अत्यधिक गतिमा रहेको अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएको देखिएको एक वरिष्ठ प्रहरी अधिकारीले भने ।
उनकाअनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ भने अन्य पाँच जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
दुर्घटनामा परेको सवारी साधन लामगाउँबाट उत्तरकाशी जाँदै गरेको थियो । घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको छ । चालकले अत्याधिक गतिमा हेलचक्र्यायई गरेर सवारी चलाएकाले दुर्घटना भएको बताइएको छ”








