संचार माध्यममा सुशासनको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

असार २२, नेपालगञ्ज । संचार माध्यममा सुशासनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा गरिएको छ । बास नेपालगन्जको आयोजना तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा बाँकेका पत्रकारहरुलाई सुशासनको सवालमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बाँकेका २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो । बास नेपालगन्जका अध्यक्ष मन बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष भण्डारीले पत्रकार स्वतन्त्र भएर समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताउनुभयो । पत्रकारले कुनै पनि पार्टीको खोल ओढेर पत्रकारिता गर्नु उचित नरहेको उहाँले बताउनुभयो ।
सुशासनका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले रिपोटिङका क्रममा भोगेका समस्याका बारेमा खुलेर छलफल गरेका थिए । पत्रकार रिपोटिङका क्रममा राज्य तहबाटै असुरक्षित भएका कारण यसलाई रोकथाम गर्न आवश्यक रहेको उनिहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *