मुक्तक बाटै तताईन् रोदनले पोखरा

“
काठमाडौं, माघ २९ । साहित्यकाका विविध आयाममा सक्रिय बनाउँदै आएकी साहित्यकार, गजलकार एवम् मुक्तककार रश्मि रोदनले पोखरा तताएकी छिन् । मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा सम्पन्न कार्यक्रममा करिब दुई दर्जन मुक्तक सुनाउदै रश्मि रोदनले पोखरा तताएकी हुन् ।
विशिष्ट अतिथिको रुपमा पोखरा पुगेकी रश्मिले प्रेम सप्ताहको अवसरमा अधिकांश मुक्तक प्रेमिल सुनाएकी थिइन् । सामाजिक एवम् सौन्दर्य–प्रेमका मुक्तक उनले वाचन गर्दा दर्शकले ‘वान्समोर ! र ताली गुन्जाएका थिए ।
तिम्रो नयन सजाउने काजल हुन मन छ ।
प्यारको वर्षा गराउने बादल हुन मन छ ।
डुब्न देउ न सानु तिम्रो जादुमय वदनमा
हराउदै तिम्रो यादमा पागल हुन मन छ ।
यी र यस्तै मुक्तकमार्फत पोखरेली श्रोताहरुको मन जित्न सफल भएकी रश्मिले आफ्नै परिचय समेत मुक्तकबाट दिएकी थिइन् । पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मिसँगै स्याङ्जाका एसपी असफलले पनि विशेष रुपमा मुक्तक सुनाएका थिए । साथै फुटकर रुपमा पोखराका विभिन्न मुक्तककारहरुले मुक्तकहरु सुनाएका थिए । मुक्तक मञ्च पोखराको १ सय १७ औं श्रृंखलामा उनी प्रस्तुत भएकी हुन् ।
“








