नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्वीलचियर प्रदान

असार २२, नेपालगञ्ज । नेपालगञ्ज नगरका अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्वीलचियर लगायतका सहायक सामाग्री प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग, अपागंता नगर सञ्जालको समन्वय तथा अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपालको सहजीकरणमा अपाङ्गता भएका २४ जनाका लागि आज एक समारोहकाबीच सामाग्री हस्तान्तर गरिएको हो ।
करिव ६ लाख ८ हजार बरावरको ह्वीलचियर, ट्राई साइकल, वैशाखी लगायत सामाग्री वितरण गरिएको हो । राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष देवी पोखरेल, उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी लगायतले सामाग्री हस्तान्तरण गर्नुभयो । अतिथी पोखरेलले सामाग्रीले जिवनयापन सहजतासँगै हरेक व्यक्ति र क्षेत्रसँगको सम्वन्ध विस्तारमा मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीतिगत अधिकारसँगै संरचनागत विकास तथा सहज सेवा सुविधा उपलव्ध गराउनु पर्नेमा जोड दिनुभयो । शााखा अधिकृत जोशीले अपाङ्गमैत्री  वातावरण बनाउन उपमहानगरपालिका अग्रसर भइरहेको भन्दै सबैको सामुहिक हातेमालोको आवश्यक्तामा जोड दिनुभयो । डेकका सहसचिव हरिकला थापाको अध्यक्षतामा भएको कार्यक्रममा ह्याण्डी क्याप इन्टरनेशनलका विष्णुबहादुर वम, उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई लगायतले शुभकामना दिनु भएको डेकका कार्यकारी अधिकृत देवीदत्त आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *