बाघ देखेर भागेका बालक तीन दिनपछि भेटिए

असार २१, भीमदत्तनगर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखेर भागेका ११ वर्षीय बालकलाई तीन दिनपछि मंगलबार नेपाली सेनाको टोलीले सकुशल फेला पारेको छ ।  गाउँका अन्य दुई साथीसँगै लुकिछिपी शुक्लाफाँटामा जङ्गली च्याउ खोज्न हिँडेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ११ वर्षीय सुनिल चौधरीलाई आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानीबक्स गणको टोलीले निकुञ्जभित्र फेला पारेको छ ।

सामान्य चोटपटक लागेको अवस्थामा भेटिएका चौधरीलाई सेनाले परिवारको जिम्मा लगाएको भवानीबक्स गणले जनाएको छ । तीन जना बालकले शुक्लाफाँटामा च्याउ खोज्दै जाँदा जङ्गलमा बाघ देखेपछि भागेका थिए । अन्य दुई जना बालक सोमबार घर फिर्ता भएका थिए । परिवारको आग्रहपछि सेनाले हराएकै दिनदेखि चौधरीको खोजीकार्य थालेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *