धरानमा स्कारपियो दुर्घटना हुदा दुई जना गम्भीर घाइते

धरान, माघ २९ । धरानको छाताचौकका आईतबार राती भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

धरान २ छाता जी एस मार्केट ठमेल मःम हाउस अगाडी हाईवेमा बा १५ च ७४८५ नम्बरको स्कारपियो पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
बिराटनगरबाट धनकुटातर्फ तिब्र गतीमा जादै गरेको सो स्कापियो दुर्घटना हुँदा स्कारपियोमा सवार धरान ९ बस्ने ३० वर्षिय प्रबिण ताम्राकार र ३६ वर्षिय विवेक श्रेष्ठ गम्भिर घाईते भएका हुन् ।

स्कारपियोको ठक्करबाट बाटो छेउको करिब १० मिटरको रेलिङ समेत भत्किएको छ । घाईते दुबैजनाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =