पचास लाखको लागतमा नेल आर्ट तथा मेकअप स्टुडियो
२०७४ जेठ १५ गते

“धरान, माघ २८ । सौन्दर्यता सम्बन्धी सम्पुर्ण सेवाहरु दिने उद्धेश्यले सुनसरीको धरानमा डेजी नेल आर्ट तथा मेकअप स्टुडियो सञ्चालनमा ल्याइएको छ । आईतवार एक कार्यक्रमका बीच ७४ वर्षिया नर्मती लिम्बुले स्टुडियोको रिबन काटी उद्घाटन गरेकी छन् ।
महिलालाई सौन्दर्य सम्बन्धि सेवा एवं सिप सिकाउने उद्धेश्यले स्टुडियोको स्थापना गरिएको संचालक तरुणा राईले बताईन् । स्टुडियोमा दक्ष जनशक्तिद्धारा विभिन्न प्रकारका सौन्दर्य सम्बन्धी ज्ञान प्रदान गरिनुका साथै ब्यवसायिक रुपमा सेवा दिईने राईको भनाई छ ।
करिब ५० लाखको लागतमा संचालनमा ल्याएको सो स्टुडियोमा नर्मलदेखी ब्राईडल मेक अप सम्मका सम्पुर्ण सेवा उपल्ब्ध हुने सञ्चालक राईले जानकारी दिईन् ।
स्टुडियोमा धरानका ४ जना युवतीहरुले समेत रोजगारी पाएका छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








