उद्यमशील सहकारीले ल्यायो रेमिट्यान्समा उपहार योजना

“धरान, माघ २८ । सहकारी मार्फत आर्थिक कारोबार गर्दै आएका उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले उद्यमशील मनी ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । आफना ग्राहकहरुलाइ छिटो छरितो सेवा दिने उद्धेश्यले सो सेवा सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष डा. योगेन्द्र राईले जानकारी दिए ।
जहाँ हरेक ब्यक्तिले आफुलाई पायक पर्ने स्थानमा छिटो छरितो तथा सर्बसुलभ रुपमा पैसा पठाउन तथा झिक्न सक्ने राईले बताए ।
संस्थाका प्रबन्धक जित बहादुर राउतले सोही कार्यक्रम अन्र्तगत ‘रेमिट्यान्स गर्नुहोस, हजारपति बन्नुहोस’ नारासहित मासिक तथा बार्षिक योजना समेत ल्याएको जानकारी दिए ।
प्रारम्भिक चरणमा आफ्ना ग्राहकहरुलाई सेवा दिने तथा रेमिट्यान्सबाट सबैभन्दा बढी रकम पठाउने तथा पाउने ब्यक्तिलाई २५ हजार बराबरको आर्कषक पुरस्कारका साथै मासिक १ जनालाई सम्मान गरिने र बार्षिक रुपमा लक्की ड्र मार्फत नगद २५ हजार र सान्तवना पुरस्कार अन्तर्गत ५ हजार बराबरको दुई जनालाई नगद प्रदान गरिने समेत प्रालिले जनाएको छ ।”








