थ्रि स्टार क्लबका कप्तान बिक्रम लामा घाईते

“
धरान, माघ २८ । सुनसरीको प्रस्तावित क्षेत्रीय रंगशाला धरान १६ मा शनिवार भएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीताको फाईनल खेलको क्रममा राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामा घाईते भएका छन् । लामाको शनिबारै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा सफल शल्यक्रिया समेत गरिएको छ ।
बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा दाहिने खुट्टामा चोट लागेपछि तत्काल सुनसरीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काडमाडौं लगिएको थियो ।
लामाको बरिष्ठ अर्थाेपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको हो ।
लामाको आज देखि नै फिजियोथेरापी शुरु गरिने र उनी ६ देखि ८ महिनामा खेल मैदानमा फर्कन सक्ने डा. चक्रराज पाण्डेले बताए ।
“








