श्रीलङ्कामा पत्रकारका हत्यारालाई मृत्युदण्डको सजाय

कोलम्बो, २१ असार । श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ । हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाउनु भएको हो । चालीस वर्षीय मेलिसि मेलको नामले निकै लोकप्रीय हुनुुहुन्थ्यो । उहाँले लण्डनको इस्ट लण्डन विश्वविद्यालयबाट स्नातक गर्नुभएको थियो । स्थानीय ‘सण्डे टाईम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत उहाँ एएफपीका लागि कोलम्बोबाट सम्वाददाता समेत हुनुहुन्थ्यो ।

सन् २०१४ को फेब्रुअरी २ तारिखका दिन कोलम्बोमा रहेको आफ्नै घरमा उहाँको हत्या भएको थियो । उहाँको हत्या भएको बेला उहाँका बाबुआमा र भाई पनि घरमै हुनुहुन्थ्यो । उहाँ घरकै भान्सा कोठामा मृत अवस्थामा भेटिनु भएको थियो ।हत्यारा ठानिएका व्यक्तिले पहिला उनकै घरमा रङ्ग लगाउने काम गरेका थिए । पछि हत्याका लागि उनैलाई भाडामा लिइएको अनुमान गरिएको थियो । हत्यारा पहिचान भइसकेपछि यहाँका सरकारी वकिलहरुले पनि उनलाई हदैसम्मको कारबाहीको माग गरेका थिए । सोही बमोजिम नै न्यायाधीशले पनि उनलाई मृत्युदण्डको सजाय सुनाएका कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।


यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका छन् । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ । तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन । तर, यी पछिल्लो पत्रकार गुणशेखराको हत्यामा घरमा रङगरोगन लगाउने मानिस किन संलग्न भए भन्ने विषय भने खोजीको विषय भएको पत्रकारहरुले जनाएका छन् ।  रासस/ सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *