कांग्रेसको भ्रातृ संगठनतरुण दलको जिल्ला अध्यक्षको भेला आज

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला आज शुरु हुँदै छ । नगरकोटमा हुने भेलामा सामसामयिक राजनीतिको समीक्षा तथा तरुण दलको भावी रणनीति लगायतका विषयमा छलफल हुने दलका महासचिव भुपेन्द्रजंग शाहीले बताउनुभयो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भ्रातृ संस्थाहरुको उपस्थिती नै नदेखिएको गुनासो पार्टीभित्र केन्द्रीय समिति बैठकमा भएको थियो । सोहीबारेमा समिक्षा गर्नुका साथै दललाई चुस्त बनाउन भेलामा छलफल हुने शाहीले बताउनुभयो । तरुण दल हाल सम्म अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको भरमा चलिरहेको भन्दै आलोचना हुने गरेको छ । कार्यसमितिले अझै पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =