प्रदेश नम्बर ४ मा एमालेले दलको नेता छान्दै

काठमाडौं, माघ २८ । प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आज प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ । पहिला सहमति खोजिने र सहमति नभए चुनाव हुने बताइएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन् ।

संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले दावी गर्नु भएको छ । प्रदेशमा एमालेका २७ जना सदस्य छन् ।

दुईजना वरिष्ठ नेताबीच प्रतिस्पर्धा भएपछि कसलाई दलको नेता छान्ने भनेर बहस चलिरहेको नेताहरूको भनाइ छ । प्रतिस्पर्धी दुवैजना नेताले कुनै पनि हालतमा आफू दलको नेता हुनुपर्ने अडान राख्दै आएका छन् । दलको नेता छान्न माओवादी केन्द्रले पनि छलफल सुरु गरेको छ । प्रदेशमा माओवादी केन्द्रका १२ जना सदस्य छन् ।

भागबन्डमा सभामुख माओवादीलाई परेपछि दलका नेताका दुईजना प्रतिस्पर्धीमध्ये एकजनालाई सभामुख र अर्का एकजनालाई दलको नेता बनाउने गरी सहमतिको प्रयास भइरहेको माओवादी नेताहरुको भनाइ छ । प्रदेशभित्रको दोस्रो ठूलो दल कांग्रेसले पनि अहिलेसम्म संसदीय दलको नेता छानेको छैन । प्रदेश–४ को संसदीय दलको नेता चुन्ने जिम्मा गोपालमान श्रेष्ठलाई दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =