नाइजेरियामा बोको हरामको कब्जामा रहेका १३ जना नागरिक मुक्त

“
काठमाडौं, माघ २८ । नाइजेरियाको विद्रोही समूह बोको हरामले कब्जामा लिएका १३ जना नागरिकलाई कब्जा मुक्त गरेको छ ।
गत बर्ष नाईजेरियाको मैदुगुरीमा तेल अन्वेषणमा रहेका उनीहरुलाई बोको हरामले कब्जामा लिएको थियो । कब्जा मुक्त हुनेमा १० जना महिला छन् ।
रेडक्रसको पहलमा उनीहरु रिहा भएको नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले जानकारी दिए । रिहा गरिएकालाई हेलिकप्टरबाट उद्धार गरी मैदुगुरी पु¥याइएको छ ।
उनीहरुलाई कब्जामुक्त गर्न बोको हरामले के कस्ता शर्त राखे भन्ने खुलाईएको छैन ।
नाइजेरियामा छुट्टै राज्यको माग गर्दै ८ बर्षदेखि संघर्षरत बोको हरामको आतंकबादी आक्रमणमा २० हजार सर्वसाधारण मारिइसकेका छन् ।
सन् २०१६ को अक्टोबरमा र सन् २०१७ को मे महिनामा रेडक्रसकै पहलमा बोको हरामको कब्जामा रहेका केही स्कुले बालिका रिहा भएका थिए ।
यसैबीच राष्ट्रपति बुहारीले नाइजेरियाली सेनालाई चिबोकबाट अपहरणमा परेका सय भन्दा बढी बालिकालाई घर फर्काउन ठोस कदम चाल्न निर्देशन दिएका छन् । (एजेन्सी)
“








