पोखराको ल्याण्डफिल्ड साइडमा आगोलागी नियन्त्रणको प्रयास जारी
२०७४ जेठ १५ गते

“पोखरा, २७ माघ । पोखराको ल्याण्डफिल्ड साइडमा भिषण आगोलागी भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ बाछेबुडुवाको पाखामा लगाएको आगो ल्याण्डफिल्ड साइडमा पुगेको हो । आगोले फोहोर जल्न सुरु गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोली र दमकलले आगो निभाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । प्लास्टीको फोहोरमा आगो लागेपछि गन्ध फैलिएको छ । फोहोरबाट ग्यास निस्कने भएका कारण बिस्फोट हुने खतरा भएको प्रहरीले जनाएको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








