अष्टलक्ष्मीको मुख्यमन्त्री बन्ने ढोका डोरमणिले बन्द गरिदिए

“
काठमाडौं, माघ २६ । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएसँगै मुख्यमन्त्रीको बन्ने बाटो खु्लेको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने अवधारणासँगै उनी भावी मुख्यमन्त्री बन्ने भएका छन् ।
संसदीय दलको नेता चुन्न शुक्रबार भएको मनोनयनपछिको चुनावमा अष्टलक्ष्मी शाक्यलाई हराउँदै उनले जित हासिल गरेका हुन् । शुक्रबार दिउँसो भएको निर्वाचनमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्धन्द्धी तथा एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मतमै चित्त बुझाउनुपर्यो ।
यसअघि प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा शाक्यको नाम शिर्ष स्थानमा रहेसँग मुख्यमन्त्रीका बलिया दाबेदारी समेत रहेकी थिइन् । तर, शुक्रबार भएको निर्वाचनमा हार व्यहोरेसँगै उनको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको बताइन्छ ।
शुक्रबार निर्वाचनपश्चात् संसदीय दलको नेतामा विजयी हासिल गरेसँगै पौडेलले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बाचा समेत गरे ।
“








