चार सय वर्ष पुरानो लोकगीतको अनुसन्धान गर्नुपर्ने

काठमाडौँ, २१ असार । छिन्नलता गीति पुरस्कार गुठीले २०७३ को ‘छिन्नलता गीत विशेष सम्मान’ गायन विधामा माधवलाल श्रेष्ठ र सङ्गीत विधामा मणिकमल क्षेत्रीलाई दिएको छ । ती दुवै सम्मानका साथ रु जनही रु ५०–५० हजार छ । त्यस्तै गीत रचनातर्फ धनेन्द्र विमल, सङ्गीततर्फ टीका भण्डारी र गायनतर्फ शिशिर योगी सम्मानित भएका छन् । ती सबै पुरस्कारको राशि जनही रु ५० हजार छ ।

त्यस्तै छिन्नलता नवप्रतिभा सम्मान मीना निरौला पोख्रेललाई प्रदान गरिएको छ । सो सम्मानका साथ रु ३५ हजार छ । ती पुरस्कार प्रदान गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली भाषा, कला र साहित्य समृद्ध रहेको बताउँदै गाउँ घरमा घाँस काट्दा, मेलापात जाँदा तथा विभिन्न चाडपर्वमा गाइने लोकगीतको इतिहास ४०० वर्ष पुरानो रहेकाले यसको अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

सम्मानित गायक श्रेष्ठले गीतसङ्गीतमा लय तथा गीतमा तागत हुन्छ, जुन हरेक स्रोतालाई आकर्षण गर्न सक्षम हुन्छ भन्नुभयो । गुठीका संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले विसं १९८० मा जन्मनुभएका रमोलादेवी शाह छिन्नलता नेपाली गीतसङ्गीतको क्षेत्रमा कहिल्यै नअस्ताउने तारा रहेको बताउनुभयो । सो पुरस्कारबाट हालसम्म १८९ जना पुरस्कृत भइसक्नुभएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *