‘रेमिट्यान्स गर्नुहोस हजारपति बन्नुहोस्’

धरान(सुनसरी), माघ २६ । सहकारी मार्फत आर्थिक कारोबार गर्दै आएका उद्धमशिल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो कारोबार तीब्र रुपमा अगाडी बढाउने उदेश्यले उद्धमशिल मणी ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ ।

सुनसरीको धरानमा आज(शुक्रबार) पत्रकार सम्मेलन गरी आफना गा्रहक महानुभावहरुलाइ छिटो छरितो सेवा दिने उदेश्यले सो सेवा सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष डा. योगेन्द्र राईले जानकारी दिए । सुसनरीको धरानबाट जहासुकै पैसा पठाउन नयाँ रेमिटयान्स कम्पनीको सेवा पनि हामीले सुरु गरेका हौ डा. राईले सम्मेलनमा भने । जहाँ हरेक व्यक्तिले आफूलार्इं पायक पर्नै स्थानमा छिटो छरितो तथा सर्बसुलभ रुपमा पैसा पठाउन तथा झिक्न सक्नेछन् ।

रेमिटयान्स तथा व्यवसाय क्षेत्रमा अनुभवी व्यक्तिहरुको सहकार्यमा स्थापना गरिएको सो सेवाले संस्थालाई मात्र नभई हरेक नेपालीलाई धरानकै उद्धमशिल सहकारी संस्थाबाटै रकम भुक्तानी गर्न सक्ने दावी संस्थाका प्रबन्धक जित बहादुर राउतको रहेको छ ।

साथै सोही कार्यक्रम अन्र्तगत `रेमिटयान्स गर्नुहोस हजारपति बन्नुहोस’ भन्ने नारासहित मासिक तथा बार्षिक योजना समेत ल्याएको छ । प्रारम्भिक चरणमा आफना ग्राहकहरुलाई सेवा दिने तथा रेमिटेन्यसबाट सबैभन्दा बढी रकम पठाउने तथा पाउने ब्यक्तिलाई २५ हजार बराबरको आर्कषक पुरस्कारका साथै मासिक १ जनालाई सम्मान गरिने र बार्षिक रुपमा लक्की ड्र मार्फत नगद २५ हजार र सान्तवना पुरस्कार अन्तगत ५ हजार बराबरको दुई जनालाई नगद प्रदान गरिने समेत प्रालिले जनाएको छ ।
धरान १० पुतली लाइईनमा रहेको सो सहकारी संस्थाले यो योजना यहि फागुन १ गतेबाट लागु गरी हरेक बर्ष चल्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =