पोखरामा दोस्रो भेट्रान बास्केटबल प्रतियोगिता हुँदै

पोखरा, माघ २६ । पोखरामा टिभिएस आरटिआर राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता २०७४ हुने भएको छ । फागुन ३ देखि ५ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने दोस्रो पोखराराष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताबारे जनाकारी दिंदै संयोजक नारायण प्रसाद शर्माले प्रतियोगितामा ४० वर्ष भन्दा माथिका खेलाडी सहभागिता हुने बताए । संयोजक शर्माले नयाँ खेलाडीलाई खेल प्रति उत्साह जगाउन पूर्व खेलाडीहरुको प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेल मार्फत् स्वस्थ्य रहन र खेलाडीहरु वीच आपसी मित्रता, सामुहिक भावनाका साथै पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरीएको बताए । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पूर्व खेलाडीको पर्दशनले नयाँ पुस्ताका खेलाडीमा उत्साह जाग्ने बताए । उनले पोखराको भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण रहने पिपिपि मोडलमा स्विमिङ पूल निर्माणका लागि डिपिआर तयार गर्न ढिलाई भएको बताए ।

प्रतियोगितामा काठमाडौ बाट तीन टिम, रुपन्देही, तनहुँ, स्याङजा, पर्वत, धरान जिल्ला बाट एक–एक टिम र आयोजक टिम कास्की बाट ४ वटा टिमको सहभागिता रहनेछ । बतास ब्रदर्श प्रालीको मुख्य प्रायोजन र पोखरा लेखनाथ महानगरपालिकाको सह प्रायोजनमा हुने प्रतियोगिता सम्पन्न गर्न ९ लाख ३० हजार खर्च लाग्ने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट हुने खेलाडीलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न नारायण प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यिय आयोजक समिती गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =