आइसीसी वल्ड क्रिकेट: नेपालले दोस्रो खेल आज ओमानसँग खेल्दै

काठमाडौं, माघ २६ । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ ।

आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिलो खेलमा हारेको ओमान पनि नेपाललाई हराउँदै जित निकाल्ने दाउमा हुनेछ ।

यसअघि हिजो भएका अन्य खेलमा क्यानडा र युएइ विजयी भएका थिए । नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =