भार्इ मेयरमा र दार्इ वडाध्यक्षमा चुनिए

असार २१, दाङ । स्थानीय चुनावमा दाङको लमही नगरपालिकामा रमाइलो संयोग परेको छ । लमही नगरपालिकाको मेयरमा एमालेका कुलबहादुर केसी ८३ मत अन्तरले निर्वाचित हुँदा उनका दार्इ बिमबहादुर केसी वडा नम्बर पाँचको अध्यक्षमा प्यानल सहित विजयी भए । उनी आफूमात्रै चुनिएनन् सोही वडाको मतबाट भार्इ कुलबहादुरलाई पनि जिताए ।एक नम्बर वडामा एक मत अन्तरले एमालेका नुमराज पौडेल प्यानल सहित विजयी भएका थिए । नुमराज ५६० मतसहित निर्वाचित हुँदा कांग्रेसका दामोदर पौडेलले ५५९ मत पाएका थिए । लमही नगरपालिकामा एमालेले जितेका १ र ५ वडामात्र हुन् । कांग्रेसले २, ४, ६, ७, ८ र ९ नम्बर वडामा प्यानलसहित जित हात पार्यो । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु प्यानलसहित विजयी भए ।

दार्इको वडाले भार्इलाई जितायो

मतगणनाको सुरुदेखि नै कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीसँग पछि परेका एमालेका कुलबहादुर केसीलाई वडा नम्बर पाँचको मतले राहत दियो । सुरुमा कांग्रेस भन्दा ६ सय मत अन्तरले पछि परेको एमालेले वडा नम्बर ६ बाट मत अन्तर घटाउँदै ५ नम्बरमा आइपुग्दा ८३ मतको झिनो अन्तरले विजयी बन्यो । अर्थात, दार्इको वडा नै भार्इलाई फाप्यो र मेयर पद दिलाउन सफल भयो ।

मेयर पदमा निर्वाचित केसीले वडा नम्बर ५ बाटै सर्वाधिक मत पाएका थिए । पाँच नम्बर वडाबाट एमालेको पक्षमा १ हजार ३६ मत आयो जुन एमालेका लागि अप्रत्यासित थियो । यो वडाबाट माओवादीलाई ६ सय १६ र कांग्रेसलाई ४ सय ३५ मत गयो । पाँच नम्बर वडामा लमही बजार, रातो डाँडा र कोलही पर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *