प्रदेश ६ मा एमाले संसदीय दलको नेतामा कंडेल

सुर्खेत, माघ २५  । प्रदेश नम्बर ६ को प्रदेशसभाको एमाले संसदीय दलको नेतामा एमाले प्रदेश ६ का सह–संयोजक एवं प्रदेश सांसद यामलाल कंडेल सर्वसम्मत चयन भएका छन् ।

बिहीबार सुर्खेतको विरेन्द्रनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले कंडेललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठक नेकपा एमाले प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीको उपस्थितिमा भएको थियो ।

कंडेल प्रदेश ६ मा मुख्यमन्त्रीको दाबेदार भएपनि मुख्यमन्त्री माओवादी केन्द्रलाई पारेपछि उनि सभामुख बन्ने सम्भावना रहेको छ ।

सभामुखको लागि अर्को बैठकबाट निर्णय गरिने भएको छ । वाम गठबन्धनको भागबन्डा अनुसार प्रदेश नम्बर ६ मा सभामुख एमालेको भागमा परेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =