अपडेट: त्रिशुलीमा ट्याङकर खस्दा मृत्यु भएका २ को पहिचान खुल्यो

चितवन , माघ २५ । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत गाईघाटमा दुध वोक्ने ट्याङकर त्रिशुली नदीमा खस्दा ज्यान गएका दुईजनाको सनाखत भएको छ ।

नारायणगढबाट काठमाडौंका लागि छुटेको बा ४ ख ६९५३ नम्बरको दुधको ट्याङकर ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठोक्किएर त्रिशुलीमा खस्दा चालक नवलपरासीको कोल्हुवाका सन्तबहादुर कुमाल र सहचालक लिलाबहादुर कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।

अहिले ट्याङकरलाई निकाल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =