मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अठार प्रतिशत धान रोपाइँ

रामपुर (पाल्पा), २१ असार । हालसम्म १८ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लाको माडीफाँट, अर्गलीफाँट, दोभानफाँटलगायत स्थानमा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिनुभयो ।

यहाँका अधिकांश भागमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ । जिल्लामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा वर्षे धान र करिब ७०० सय हेक्टरमा हिउँदे धानखेती गरिन्छ ।

असारको अन्तिम साताबाट मात्र रोपाइँको चटारो हुने कृषक बताउँछन् । अधिकांश भागमा कृषक सिँचाइ सुविधा नहुँदा आकासे पानी भर पर्नु पर्छ । रासस

प्रतिकृयाहरु
Loading...