रक्षा र घरेलु योजनाका लागि अमेरिकी सिनेटद्वारा ४ सय अर्ब डलरको बजेट पास
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २५ । अमेरिकी सिनेटले आउँदो दुई वर्षको लागि रक्षा र केहि घरेलु योजनाको लागि ४ सय अर्ब डलरको बजेट पास परेको छ । डेमोक्र्याट र रिपब्लिकन सांसद्ले छलफल गरेर यो खर्चको लागि सहमति गरेका हुन् ।
रिपब्लिकन सांसद् मिच म्याकलेन र डेमोक्र्याट सांसद् चक शूमरले यसको लागि मध्यस्तता गर्नुभएको थियो । आज रातीसम्मको लागि मात्रै सरकारी खर्च चलाउन बजेट भएकाले पनि यो विधेयक पारित हुन आवश्यक थियो ।
यसअघि दुई हप्ताअघि अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यो निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन्न् । यसअघि कर्मचारीहरुलाई केही दिन बेतलवी विदा दिइएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








