‘म्युजियम घुमौंँ र सिकौ’ कार्यक्रम सुरु

ललितपुर, २१ असार । पाटन सङ्ग्राहालयले ‘म्युजियम घुमौंँ र सिकौ’ भन्ने एकीकृत कार्यक्रम सुरु गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले संस्कृतिक र ऐतिहासिक स्थान र सामग्रीका बारेमा आफ्नै आँखाले बझ्न सकुन भनेर यो कार्यक्रम सुरु गरिएको सङ्ग्राहालयले जनाएको छ ।

सङ्ग्राहालयका प्रमुख सुरेश लाखेले समूहमा आउने विद्यार्थीलाई मार्गनिर्देशकमार्फत सङ्ग्राहालय घुमाउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा विद्यार्थीले किताबमा पढेका दरबार, काष्ठकला र सांस्कृतिक महत्वका सामग्री आँखाले नै देख्न पाउनेछन् । विद्यार्थीलाई मार्गनिर्देशकले मूल चोक, सुन्दरी चोक र भण्डारखाल बगैँचा घुमाउने व्यवस्था सङ्ग्राहालयले मिलाएको छ ।


म्युजियमले मार्गनिर्देशकका रुपमा स्थानीय युवालाई नै परिचालन गर्ने भएको छ । कतिपय युवालाई काममा लागिसकेको र कतिपयलाई लगाउने योजना भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२० जना स्थानीय युवालाई अहिले हामी प्रशिक्षण दिइरहेका छौं ।” कक्षा ५ देखि ८ सम्मका विद्यार्थीलाई घुमाउने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *