सर्लाही : मोटरसाइकलको ठक्करबाट एकजनाकाे मृत्यु

सर्लाही, माघ २५ । सर्लाहीको बलरा नगरपालिका ४  मा गयराति भएको सवारी दुर्घटनामा एक्जनाको मृत्यु भएको छ ।

भारतिय नम्वर प्लेटको बिआर ३० जे ५९२७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय ७० वर्षीया देवती देबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकारी दिनुभयो।

मोटरसाइकलले ठक्कर दिइएपछि गम्भीर घाइते भएकी देवती लाई उपचारका लागि सर्लाही अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल  चालक बिन्देश्वर महतोलाइ प्रहरीको पक्राउ गरेको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =