राष्ट्रियसभा चुनाव : ६ नम्बर प्रदेशमा सबै वाम गठबन्धन विजयी

काठमाडौं, माघ २५ । राष्ट्रियसभा सदस्यमा ६ नम्बर प्रदेशमा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हिजो भएको राष्ट्रियसभा सदस्यको चुनावमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका ८ जना उम्मेदवार सबै विजयी भएका हुन् ।
वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी हुनुभएको हो । नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका विष्णुबहादुर शाही पराजित हुनुभएको छ । यस्तै महिला सदस्यमा वाम गठबन्धनको तर्फबाटै एमालेकी नन्दा चपार्ई , कविता बोगटी र माओवादी केन्द्रकी युटोल लामा विजयी हुनुभएको हो ।
वाम गठबन्धनबाटै एमालेका नरपति लुवार दलितबाट र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो । एमालेकी नन्दा चपाईले १ हजार २ सय ६८, कविता बोगटीले १ हजार ३ सय १४ र माओवादी केन्द्रकी युटोल तामाङले १ हजार २ सय ७१ मत ल्याएर विजयी हुनुभएको हो ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सुर्यदेवि शाही पराजित हुनुभएको छ । नरपति लोवारले तीन हजार ६ सय ६६ मत ल्याएर विजयी हुनुभएको छ भने कांग्रेसका मित्रलाल सार्कीले ९ सय ६० मत ल्याएर पराजित हुनुभएको छ । माओवादी केन्द्रका जीवनबहादुर बुढाले तिन हजार ७ सय २० मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका गोपालप्रसाद शर्माले ९ सय ७८ मत ल्याएर पराजित हुनुभएकोे छ ।
प्रदेश नम्बर ६ मा ८ पदका लागि १२ जनाले उम्मेदवार दिएका थिए । वाम गठबन्धको तर्फबाट एमालेले ५, माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसको तर्फबाट ४ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =