तिलाठी कोईलाडीको नाम र केन्द्र परिवर्तन विरुद्ध देवनारायण अनसनमा !

राजविराज, माघ २४ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको नाम परिवर्तन गरि खाडो जिता गाउँपालिका राखिएको तथा तिलाठीमा रहेको केन्द्र कोईलाडी सारिएको विरोधमा तिलाठीवासीले आनदोलन शुरु गरेका छन् । स्थानीयले शुरु गरेको रिले अनसनमा दुई वर्षअघि नेपाली भूमी जोगाउँन भारतीयसँग लडेका सप्तरी तिलाठीका देवनारायण यादव सहित पाँचजनाले बुधबार साझदेखी सहभागिता जनाएका छन्।

अवैध गाउँपरिषद खारेज हुनुपर्ने,तिलाठी कोईलाडी गाउँपालिकाको नाम र केन्द्र पूर्ववत राख्नुपर्ने,चालु आर्थिक वर्षको हाल सम्मको आयब्यय सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन र कारबाही गरिनुपर्ने लगायतका पाँचबुँदे माग सहित रिले अनसन सुरु गरिएको यादवले बताए।

रिले अनसनमा रहेका तिलाठीका ललितनारायण झाले तिलाठीको ऐतिहासिक महत्वलाई नै समाप्त गर्नेगरि दुईतिहाइको दम्भमा गाउँपालिका अध्यक्षले नाम परिवर्तन र केन्द्र सार्ने निर्णय गरेकोले नाम र केन्द्र पूर्ववत नभएसम्म अनसन जारी रहने बताए।

यस अघि गत माघ २१ गते तिलाठी कोईलाडी गाउँपालिकाको गाउँसभा सदरमुकाम राजविराज स्थित आशियाना पार्टी प्यालेसमा भएको थियो। उपाध्यक्ष सुचिता यादव सहित एक दर्जन गाउँसभा सदस्यको अनुपस्थितिमा २ तिहाईबाट तिलाठी कोईलाडी गाउँपालिकाको नाम खाडो जिता गाउँपालिका र केन्द्र कोईलाडी तोक्ने निर्णय गरेको थियो। त्यसको विरोधमा तिलाठीवासीले माघ २२ गते तिलाठीस्थित पाठशाला मैदानमा लगाइएको गाउँपालिका बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्याक्रमको टेन्टमा आगो लगाउँदै कार्यालयमा तालाबन्दी गरेका थिए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =