धरानमा जापानीज भाषासम्बन्धी सेमिनार

“
कन्सल्टेन्सीले पठनपाठन गरिरहेका विद्यार्थीलाई जापनीज भाषा सिक्न सहज होस भन्ने उद्देश्यले जापानबाट शिक्षक पुजन देशेमरुलाई बोलाएर सो सेमिनार सम्पन्न गरेको जनाएको छ । सेमिनारमा १५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जापानबाट आएका शिक्षक देशेमरुले जापानमा नेपालीहरुको लागि आवश्यक पर्ने महत्वपूर्ण कुराहरुको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीले उत्साहीत भएर जिज्ञासा राखेका थिए ।
सेमिनार सम्पन्न भएसँगै प्रालिले धरानमा पनि जापानीज भाषा कक्षा संञ्चालनमा ल्याएको सञ्चालक ज्ञानु बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार विद्यार्थी तथा अभिभावकले जापानमा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमै लिन सक्नेछन् । विद्यार्थीले आफनो शैक्षिक तथा आर्थिक अवस्था अनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनुका साथै कुनैपनि विद्यार्थीलाई पछि गएर कुनै अन्यौल नहोस् भन्नका लागि विद्यार्थीका तथा अभिभावकलाई समेत सहभागिता गराईने उनले जानकारी दिए ।
Share this:
“








