प्रधानमन्त्री देउवाको राजिनामा फागुन ६ गते

काठमाडौं, माघ २४  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् । देउवा निकट श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा दिने गरी निकटहरुसँग छलफल चलाएका हुन् ।

निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

 

कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए । ‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री यज्ञबहादुर थापाले बताए ।

त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने निश्चित भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना भईृरहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =