मदार बाबा मेलामा एक भारतीयको मृत्यु

नवलपरासी, माघ २४  ।  नवलपरासी पश्चिम सुस्ता गाउँपालिका २ महलबारीमा मदार बाबा मेला भर्न आएका एक भारतीय भक्तजन मृत्यु भएको छ । मदार बाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढ्दै गर्दा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको खजुरिया बस्ने ५० बर्षिय भरतचन्द्र पटेल रहेको महलबारी प्रहरी चौकीले बताएको छ ।
मदारबाबा मेला यही माघ २२ गते देखी अौपचारिक रुपमा संचालन रहेको छ । उक्त मेलामा भारतबाट ७० प्रतिशत भक्तजनहरु अाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =