अख्तियारले भन्यो– ‘पूर्व आइजीपी अर्यालले अकुत सम्पत्ति कमाएको देखिएन’
२०७४ जेठ १५ गते

“काठमाडौं, माघ २४ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालविरुद्ध परेको अकुत सम्पत्ति आर्जनको उजुरीमा छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याललाई सफाई दिएको छ ।
अर्यालको अकुत सम्पत्ति नदेखिएको भन्दै आयोगले उनीमाथि लागेको आरोपको छानविन मुल्तवीमा राख्ने निर्णय गरेको छ ।
अकुत सम्पत्ति कमाएको भन्दै परेको उजुरीमाथिको छानविनमा अर्यालमाथि अख्तियारले चार पटकसम्म वयान लिएको थियो । गत कात्तिकमा अख्तियारले उनको वयान लिएको थियो ।
तर, छानविनका क्रममा उनीमाथिको आरोप पुष्टि हुन नसक्ने भएपछि मुद्दा तत्कालका लागि स्थिगित गरिएको अख्तियार स्रोतले बतायो । ‘हाललाई उनले अकूत सम्पत्ति आर्जन गरेको देखिएन,’ अख्तियार स्रोतले भन्यो ।
थप प्रमाण भेटिए उनीमाथि पुनः अनुसन्धान सुरु हुनेछ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








