बुटवलमा एमालेले मतान्तर बढायो

बुटवल, २१ असार । बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा (एमाले) ले मतान्तरलाई बढाएको छ । कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म ४६ हजार ६६१ मत गणना सकिएको छ । उपमहानगरपालिकाको १९ वडामध्ये १७ वटा वडाको मतगणना सकिएको प्रमुख निर्वाचन अधिकृत भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख पदमा एमालेका शिवराज सुवेदी नेपाली काँगे्रसका खेलराज पाण्डेभन्दा दुई हजार ६१ मतले अगाडि रहनुभएको छ । सुवेदीले २२ हजार ३५ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले १९ हजार ३५४ प्राप्त गर्नुभएको छ । उपप्रमुखमा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले भन्दा एमालेका गुमादेवी आचार्यको भन्दा १० हजार बढी मतले अगाडि रहनुभएको छ । आचार्यले २० हजार ४० मत ल्याउनुभएको छ भने पोखरेलले १३ हजार ५९४ मत प्राप्त गर्नुभएको छ ।

उपमहानगरको वडा नं १७ मा एमालेले वडाध्यक्षसहित पूरै समूह जितेको छ । एमालेले हालसम्म वडा नं १३ को एउटा वडा सदस्य र अध्यक्ष तथा वडा नं १ मा एउटा वडा सदस्यबाहेक सम्पूर्ण पदमा जित हासिल गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *