ताइवानमा भूकम्पमा परी दुई जनाको मृत्यु, दर्जनौ भवन भत्किए

ताइवान, माघ २४ । ताइवानको हुवालिन शहरमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

ताइवानी अधिकारीका अनुसार भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान जानुकाे साथै सयाैं घाइते भएका छन् । त्यस्तै कैयौं अग्ला भवनहरु भत्केको जनाएका छन् । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा कैयौं सडक र भवनमा क्षति पुगेको देखिन्छ ।

 

भूकम्पका कारण कैयौं भवनमा फसिरहेका नागरिकलाई उद्धार गर्ने कार्य भैरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =