प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

माघ २३, काठमाडाैं । नेपालय इन्टरनेशनलको आयोजनामा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । मंगलबार आयोजक नेपालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो ।

टि–ट्वान्टी फर्म्याटमा १ महिनासम्म चल्ने प्रतियोगिता काठमाडौं, चितवन, पोखरा, भैरहवा, दाङ, नेपालगञ्ज, इटहरी, धनगढी र विर्तामोडमा प्रतियोगिता हुनेछ ।

प्रतियोगिता फेब्रुअरी १३ देखि मार्च १३ सम्म हुनेछ । प्रतियोगिताका प्रत्येक शहरका १५ देखि २० कलेज गरी प्रतियोगितामा १ सय ५० भन्दा बढी कलेजले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले दावी गरको छ ।

लिग कम नकआउट फर्म्याटमा हुने प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रहेको आयोजकले बताएको छ । प्रतियोगितामा प्लस टु र स्नातक तहका १९ बर्षभन्दा कम उमेर भएका खेलाडीले भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =