नेपाल मेडिसिटी अस्पताल र बुद्ध एयरविच सहकार्य

“
माघ २३, काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल र बुद्ध एयरबीच सहकार्य गर्ने सम्झाैता भएको छ । अाज एक कार्यक्रमका विच गैह्र आवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र बुद्ध एयरका कार्यकारी निर्देशक वीरेन्द्र बहादुर बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्यको थालनी गरेका छन् ।
नेपालीहरुले अब उपचारको लागि विदेश जानु नपर्ने र संसारमा उपलब्ध सम्पूर्ण सेवा एवं सुविधालाई नेपाल मेडिसिटीमा उपलब्ध गराई नेपालमा मेडिकल टुरिजमको विकास गर्ने अभियानमा आफूहरु लागेको अध्यक्ष डा. उपेन्द्र महतो बताए । उनले नेपाल मेडिसिटीले सर्वसुलभ रूपमा जनतालार्इ गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य लिएकाे बताए ।
नेपाली आकाशमा लामो समय देखि सुरक्षित र भरपर्दो सेवा दिईरहेको बुद्ध एयरसँगको सहकार्यले आगामी दिनहरुमा आन्तरिक तथा बाह्य पर्यटकले समेत नेपाल मेडिसिटीको सेवा उच्च प्राथमिकताका साथ सुलभ उपचार सेवा पाउने छन् ।
बुद्ध एयरका कार्यकारी निर्देशक बिरेन्द्र बहादुर बस्नेतले नेपाल मेडिसिटी अस्पतालको सेवा तथा सुविधाबाट आम नेपालीहरुले स्वास्थ्यको क्षेत्रमा ठूलो लाभ लिन सक्ने र नेपालको स्वास्थ्यको क्षेत्रमा मेडिसिटी एउटा कोशे ढुंगाको रुपमा रहने विश्वास ब्यक्त गर्दै मेडिसिटीसंगको सहकार्यले बुद्ध एयर परिवार तथा यात्रुहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
नेपाली वायु उड्डयन क्षेत्रमा ख्यातीप्राप्त बुद्ध एयर र स्वस्थ्य नेपालको परिकल्पना बोकेको नेपाल मेडिसिटी बीचको सहकार्यले नेपाली आकाश र स्वास्थ्यमा एउटा भरपर्दो आशा जगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नवनियुक्त महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्वास्थ्य पर्यटन र सुरक्षित एवं भरपर्दो स्वास्थ्य सेवाको यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले ७ सय ५० शैयाको अत्याधुनिक नेपाल मेडिसिटी अस्पतालले आफ्ना सेवाहरुलाई गुणस्तरीय तथा भरपर्दो बनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पूर्णकालीन रुपमा ब्यवस्थित गरेको बताए । उनले पूर्वाधार, प्रविधि र जनशक्तिको उत्कृष्ट ब्यवस्थापनका कारण अस्पताल सञ्चालनमा अाएकाे छाेटाे समयमै नेपाली तथा विदेशीहरुको मन जित्न सफल भएको जिकिर गरे ।
“








