मोबाइल सेट खरिदमा ६ महिनामा सवा १२ अर्ब बाहिरियो

काठमाडौं, माघ २३ । मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्च दरमा बढेको एक तथ्यांकले देखाएको छ ।

पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात भएको छ ।

त्यस्तै एक वर्षको अवधिमा मोबाइल सेवा प्रदायकले करिब ४३ लाख थान मोबाइल सिम बिक्री गरेका छन् ।

टेलिफोनको पहुँचसँगै नेपालमा मोबाइल प्रयोगकर्ता वार्षिक १० प्रतिशतको हाराहारीमा बढ्दै गएको नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ अर्ब ३९ करोड रुपैयाँको मोबाइल आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३९ करोड रुपैयाँ बढी हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =