‘कारण नखुलेको’ भन्दै प्रधानन्यायधीश विरुद्धको मुद्दा दर्ता भएन

काठमाडौं, माघ २३ । प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवलेहना गरेको दाबी गर्दै परेको निवेदन सर्वोच्च अदालतमा दर्ता हुन सकेन ।

निवेदक मनोज अधिकारीले दिएको निवेदन कारण नखुलेको भन्दै रजिष्टारले फिर्ता गरेका छन् । अब कारण खुलाएर निवेदन दिएमा दर्ता वा दरपीठ हुनेछ ।

डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाका क्रममा प्रधानन्यायाधीशले आफूलाई बोलाएर धम्क्याएको डा. सुरेन्द्र भण्डारीको दाबी र उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको निवेदनका आधारमा अधिकारीले अवहेलनाको निवेदन दिएका थिए ।

निवेदनमा पराजुलीसँगै अधिवक्ता भण्डारी र सञ्चार माध्यमहरुलाई समेत विपक्षी बनाइएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =