२०७५ सालको पात्रो भन्छ– ‘आगामी असारबाट शासक वर्गमा तनाव र मतभेद’

काठमाण्डौं, माघ २३ । एकजना ज्योतिषले तयार पारेको वर्ष २०७५ को पात्रोले सरकारमा संकट आउने उल्लेख गरेको छ ।
ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले तयार पारेको ०७५ सालको सूर्य पञ्चाङ्ग पात्रोको ‘मासफल’ लाई पत्याउने हो भने आगामी असारबाट शासक वर्गमा तनाव एवं मतभेद देखा पर्ने भनि उल्लेख गरेको हो । त्यसबेलाको ‘शासक वर्ग’ भनेको सम्भवतः केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार हो ।

पञ्चाङ्ग पात्रोमा बैशाखदेखि नै राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु देखा पर्ने भनिएको छ । मंसिरमा शासक वर्गमा मतभेद एवं वैमनस्य बढ्नेछ । र, शासन प्रणालीमा चित्त नबुझे्र कतै कतै जनसंघर्ष देखा पर्नेछ ।

सूर्य पाञ्चाङ्गमा पुस महिनाको मासफलको सुरुमै राष्ट्र प्रमुखहरुमा द्वन्द्व सुरु हुने उल्लेख गरिएको छ । तर, माघमा विश्वासको संकट टर्ने बताइएको छ ।

तर, फेरि फागुनको मासफलमा राजनेताहरुमा परस्पर विरोध बढ्ने दाबी गरिएको छ ।

०७५ साल चैतको मासफलमा भने राजनीतिक क्षेत्रमा देखिएको समस्याले निकास पाउने उल्लेख छ ।

पञ्चाङ्गमा उल्लेखित मासिक फल अनुसार ०७५ साल बैसाखमा महंगी बढ्ने, सेयर बजारमा अस्थिरता बढ्ने, अपराधका घटनाहरु बढ्ने अनि राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु बढ्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =