मुसिकोट नगरपालिकाको प्रत्येक वडामा सडक

मुसिकोट, २१ असार । मुसिकोट नगरपालिकाको नवनिर्वाचित नेतृत्वले पहिलो बैठकले प्रत्येक वडामा पुग्ने कम्तीमा एउटा व्यवस्थित सडक निर्माण गर्ने निर्णय गरेको छ ।

वर्षात्को समयमा सधैँजसो बन्द हुने सडकलाई व्यवस्थित र स्तरोन्नति गर्ने नगरप्रमुख प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

दैवीप्रकोप पीडितलाई रु पाँच हजारका दरले राहत वितरण गरिने प्रत्येक वडा कार्यालय व्यवस्थापन गरिने, नियमित नगरका कार्यालय सञ्चालन गरिने, वडा सचिव सदरमुकाम गएर बस्ने परम्परा निषेध गर्ने, वडा कार्यालय व्यवस्थापन तथा सञ्चालनका लागि घरजग्गा भाडामा लिने लगायतका काम गरिने निर्णय भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *