राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट १३ अर्ब ४५ करोड

“काठमाडौं, माघ २३ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले बहुवर्षीय बहुवर्षीय योजनाका लागि १३ अर्ब ४५ करोड रुपैयाँ बजेट पारित गरेको छ । सभाबाट आर्थिक वर्ष २०७४/७५ का लागि मात्रै ७८ करोड ३३ लाख ८० हजार १ सय ५० रुपैयाँ बजेट पारित भएको छ ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रथम सभा बैठकले बजेट पास गर्नुका साथै रिक्त सदस्य पद समेत पूर्ति गरेको छ ।
प्रतिष्ठानले रिक्त सदस्यमा देवनारायण चौधरी, उद्योग वाणिज्य महासंघी अध्यक्ष भवानी राणा, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा सुरेश कनौडिया, प्रा डा सलमा अन्सारी, विसु प्रसाद सुवेदी र नवराज ढकाललाई सदस्यमा मनोनयन गरेको हो ।
केही समयअघि मात्रै उपकुलपतिमा डा संगिता भण्डारी, रेक्टरमा डा रतीन्द्रनाथ श्रेष्ठ, डिनमा डा रितु शर्मा बराल र रजिष्ट्रारमा राम प्रसाद प्याकुरेल नियुक्त भएका थिए ।
“








